ताजा अपडेट »

सहकारीद्वारा निःशुल्क स्वास्थ्य शिबिर

बुधबार, १६ माघ २०८१, १९ : १२
10 Shares
बुधबार, १६ माघ २०८१
10 Shares


तिलोत्तमा  । सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. को ३२ औं स्थापना दिवसको अवसरमा क्रिमसन अस्पताल मणिग्रामको प्राविधिक सहयोगमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामूहिक विकास साकोसको आयोजनामा सम्पन्न कार्यक्रममा क्रिमसन अस्पतालबाट महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर सम्वन्धी चेकजाँच तथा परामर्श सेवा तथा ई.सि.जि. एवं सुगर चेकजाँच सम्वन्धी निःशुल्क सेवा प्रवाह गरेको थियो ।
 सामूहिक विकास साकोसका अध्यक्ष  सुरेन्द्र कुमार वर्मा एवं संस्थाका संस्थापक अध्यक्ष  माधव प्रसाद पाठकको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अतिथिहरु संस्थाका पूर्व अध्यक्ष  चूडामणि खरेल लगायतको उपस्थिति रहेको छ । यसै गरी क्रिमसन अस्पतालबाट स्त्री तथा प्रशुति रोग विशेषज्ञ डा. रुक्साना हकको नेतृत्वमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. कृष्णचन्द्र गोदार, मेडिकल अधिकृत डा। रक्षा पाण्डे सहित १० जनाको नेतृत्वमा स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।
 कार्यक्रममा वोल्दै प्रमूख अतिथि तथा संस्थाका संस्थापक अध्यक्ष श्री माधवप्रसाद पाठकले वर्तमान अवस्थामा केहि सहकारी संस्थाहरुमा समस्या देखा परेको छ । तर समुदायमा आधारीत संस्थाहरु वलिया मात्र होईनन् सवै कुरामा सक्षम छन् वलिया छन् भन्ने कुरा यो संस्थाले प्रमाणित गरेको छ । उहाँले सामुदायिक उत्तरदायित्व अन्तर्गत संस्थाले गरेका काम कारवाहि सन्दर्भमा प्रशंसा गर्नुभएको छ ।
 कार्यक्रममा संस्थाका अध्यक्ष  सुरेन्द्र कुमार वर्माले संस्थाले स्थापना दिवसको अवसर पारेर विभिन्न सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको जानकारी गराउँदै सामुदायिक उत्तरदायित्व अन्तर्गतका कार्यहरुको दायरा वढाउदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्री मिन प्रसाद पोख्रेलले गरेका थिए भने स्वास्थ्य शिविर कार्यक्रममा जम्मा २०० जना सदस्यहरुले स्वास्थ्य सम्वन्धी विभिन्न सेवा लिएका थिए ।  
 रुपन्देही जिल्लामै ठूलो र उत्कृष्ट सहकारीको रुपमा परिचित २०५० सालमा स्थापित यो सामूहिक विकास साकोसको हाल १२०३५ जना शेयर सदस्य र वासलात ३ अर्व ५८ करोड रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।