ताजा अपडेट »

बुटवलमा युवा संघद्वारा स्वर्गीय प्रचण्ड थैवको शालिक अनावरण

बुधबार, १६ माघ २०८१, १८ : ५९
164 Shares
बुधबार, १६ माघ २०८१
164 Shares

बुटवल । शहिद दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले बुटवलका शहिद स्वर्गीय प्रचण्ड थैवको अर्धकदको शालिक अनावरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच स्वर्गीय थैवका आमा सुकन्या थैवले मुर्तिको अनावरण गर्दै माल्यापर्ण गरेका गरिन् । 

विसं २०६५ सालमा चैत १३ गते थैवको हत्या भएको थियो । कार्यक्रममा सहभागीहरुले मुर्तिमा माल्यापर्ण गर्दै श्रद्धान्जली अपर्ण गरे । राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका जिल्ला कमिटी उपाध्यक्ष तथा शालिक निर्माण समिति संयोजक दिपक खड्गीले स्वर्गीय थैवको परिवार, युवाहरुको सहयोगमा मुर्ति निमार्ण गरिएको बताए । युवाहरुको पक्षमा सधै अग्रसर रहेका स्वर्गीय थैवको स्मरण हुने गरि घटनास्थल परिसरमा नै शालिक निमार्ण गरिएको उनले बताए । 

कार्यक्रममा नेकपा एमाले पार्टी रुपन्देही जिल्ला उपसचिव बाबुराम पन्थीले राजनीतिक परिवर्तनमा स्वर्गीय थैवको योगदानबारे प्रकाश पार्दै सरकारबाट शहिदको योगदानको उचित मुल्याङ्कन गर्न आग्रह गरे । घटनाका प्रत्यक्षदर्शी युवा संघका लुम्बिनी प्रदेश ईन्चार्ज केशव रोकाले आफू प्रत्यक्षदर्शी भएको बताउँदै तत्कालिनसमयमा माओबादीको डर धम्कीका बावजुद पनि दोषीलाई कारवाहीका लागि कानुनी उपचार अघि बढाएको अनुभव सुनाए । 

कार्यक्रममा निमार्ण समितिका सदस्य सुदर्शन खाम्चाले निमार्णको क्रममा भएको सहयोगीहरुप्रति विशेष धन्यबाद ज्ञापन गरेका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।