ताजा अपडेट »

केपी ओली कप फुटबल फागुन दोस्रो सातादेखि

बुधबार, १६ माघ २०८१, १५ : ४१
20 Shares
बुधबार, १६ माघ २०८१
20 Shares

काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिता आगामी फागुनको दोस्रो सातादेखि हुने भएको छ ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनाम हुने उक्त प्रतियोगिता आगामी फागुन ११ देखि १९ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष  क्षितिज थेबेले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घद्वारा सूचीकृत ‘ए’ डिभिजनका क्लब र विदेशी गरी १० टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा उपाधि विजेता टोलीले रु १५ लाख ११ हजार १११ पाउनेछ भने उपविजेताले रु पाँच लाख पाउनेछ । त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु एक लाख प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदयमान खेलाडीले जनही रु ५० हजार पाउने छन् । प्रतियोगितामा ‘म्यान अफ दि म्याच’ घोषित हुने खेलाडीले रु १५ हजार पाउनेछ । त्यस्तै हरेक खेलको विजेता टोलीले रु २५ हजार पाउने छन् । उक्त प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् भने त्यसअघिका खेल सातदोबाटोमा हुनेछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।