ताजा अपडेट »

‘देशव्यापी सम्मेलन र खबरदारीबाट नयाँ जागरण पैदा भएको छ’

मंगलबार, १५ माघ २०८१, २० : ३६
16 Shares
मंगलबार, १५ माघ २०८१
16 Shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पार्टीको देशव्यापी सम्मेलन र खबरदारी सभाले नयाँ राजनीतिक जागरण पैदा गरेको बताएका छन् ।  

प्रेस सेन्टर नेपालको २१ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै अभियानका क्रममा पार्टीले जनताको मन जित्न सफल भएको जिकिर गरे ।  “विगतमा केही कमजोरी भयो, अहिले हामी जनतातर्फ फर्किएका छौँ, जनताले पनि देश अप्ठ्यारो परेको बेला माओवादीले निकास दिन सक्छ भनेर बुझेका छन्”, उनले भने ।  

उपाध्यक्ष सापकोटाले जनयुद्धको बलमा नै मुलुकमा परिवर्तन सम्भव भएको भन्दै माओवादी आन्दोलनलाई अपव्याख्या गर्ने कार्य छुट कसैलाई नभएको धारणा राखे।
 
प्रेस सेन्टरका संस्थापक महेश्वर दाहालले जनजीविकाका सवाल र आधारभूत वर्गको पक्षमा कलम चलाउन पत्रकारलाई सुझाव दिनुभयो । सेन्टरका अध्यक्ष विष्णु सापकोटाले जनताका मुद्दालाई केन्द्रमा राखेर जनपत्रकारिता गर्नुपर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।