आजकल अधिकाशं नयाँ पुस्ता धुम्रपान गर्दछन् । युवाहरुमा त यो समस्या अझ बढि मात्रामा रहने गरेको छ । युवाका लागी धुम्रपान गर्नु शौख र स्टाइलमा पर्ने गरेको छ । धुम्रपानको लतमा आम मानिस वा युवा मात्र होइन कलाकार, खेलाडी, कर्मचारी सहित स्वास्थ्य क्षेत्रका मानिस पनि पर्ने गरेका छन् ।
तर, एक पटक धुम्रपानको लत लागेपछि यसलाई छुटाउन भने निकै कठिन हुने गर्दछ । धुम्रपान नराम्रो हो भनेर जान्दाजान्दै पनि कतिपयलाई यो लत त्याग्न सम्भव भइरहेको हुदैन । हामी धुम्रपानको तलतल हटाउन केहि टिप्सहरु दिदैछौ, जसको पालना गरेमा धुम्रपान त्याग्न सकिन्छ ।
१. दालचिनी चपाउने
चुरोटको लत बसेकाहरुलाई बारम्बार यसको तलतलले सताउछँ । यस्तोमा दालचिनीको
एक टुक्रा मुखमा राखि चपाउनु लाभदायक हुन्छ । दालचिनीको स्वादले निकोटिन
सेवन गर्ने चाहनालाई घटाउँछ ।
२. अमला चुस्ने
चुरोट पिउन मन लागेको बेला एक टुक्रा अमला चुस्नु निकै उपयोगी हुन्छ । यसका
लागी अमलाको टुक्रामा नुन मिसाएर घाममा सुकाउनुपर्छ । अमलामा हुने भिटामिन
सीले निकोटिन सेवन गर्ने चाहनालाई कम गर्छ ।
३. बोजोको टुक्रा चपाउने
बोजो एक बहु औषधिय गुण सम्पन्न वनस्पती हो । तसर्थ बोजोको टुक्रा गोजीमा
राखि चुरोट सेवन गर्न मन लागेको बेला एक टुक्रा बोजो चपाउँदा चुरोट पिउने
चाहना आफैं कम भएर जान्छ ।
४. चुइगम चपाउने
यदि तपाईलाई तत्काल चुरोट पिउन मन लागेको छ भने एक दुई वटा चुईंगम मुखमा
राखि चपाउन थाल्नुहोस् । यसले तपाईंको मुख व्यस्त पार्नुको साथै चुरोट
पिउने ध्यानबाट अलग्याउँछ ।
५. प्रशस्त पानी
चुरोटको लत बसेकाहरुले दैनिक अनिवार्य २ लिटरभन्दा बढि पानी पिउने
गर्नुपर्छ । यदि शरीरमा प्रसस्त मात्रामा पानी पुगेमा यसले शरीर हाइड्रेट
रहनुका साथै शरीरबाट डरलाग्दा टक्सिनलाई समेत बाहिर निकाल्न मद्दत गर्दछ ।
६. मह चाट्नुहोस्
एकदमै चुरोट पिउन मन लागेको छ भने एक चम्चा मह चाटेमा यो तलतल बिस्तारै कम हुदँै जान्छ । साथै महको सेवनले धुम्रपानबाट हुने हानि कम गराउँछ । -खबरहब
प्रतिक्रिया