ताजा अपडेट »

खेल क्षेत्रको समग्र विकास प्रदेश सरकारको उच्च प्राथमिकताः मुख्यमन्त्री आचार्य

मंगलबार, १५ माघ २०८१, २० : १६
12 Shares
मंगलबार, १५ माघ २०८१
12 Shares

दाङ । तुलसीपुर–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेका छन । अमर माध्यमिक विद्यालय उरहरीमा आयोजना गरिएको रनिङ शिल्डको मुख्यमन्त्री आचार्यले मंगलबार उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।‘ प्रदेश सरकारले खेल क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको छ । खेलका विविध विधाहरु छन् । ति विधाहरुलाई समान रुपमा प्रदेश सरकाले प्राथमिकतामा राखेर कार्यक्रमहरुमा जोड दिएको छ’ उनले भने,‘ खेल क्षेत्रबाटै देशको नाम चिनाउन सकिएको छ ।

खेलाडीहरुको आकर्षण बढ्दो छ । सरकारले यो आकर्षणलाई कायम राख्न पूर्वाधार थप गर्ने कुरालाई प्राथमिकतामा राखेको छ भने खेलाडिहरुको क्षमता बढाउने र नियमित प्रतियोगिताको वातावरण तयार पारेको छ ।’ मुख्यमन्त्री आचार्यले खेल पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि तथा नियमित प्रतियोगिताहरूको आयोजना प्रदेश सरकारका मुख्य प्राथमिकता भित्र पर्ने उल्लेख गरे ।

उनले खेलकुद क्षेत्रले केवल शारीरिक र मानसिक विकास मात्र नभई आर्थिक विकास, पर्यटन प्रवद्र्धन र व्यावसायिक खेलाडी उत्पादनमा समेत ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गरे  ।‘ नेपालमा आयोजना भएका खेल प्रतियोगितामा विदेशबाट पनि मानिसहरु हेर्न आउन सक्छन् । यसले खेल पर्यटनको सम्भावनालाई जागृत गरेको छ’ उनले भने,‘ आर्थिक समृद्धिको आधारको रुपमा खेल क्षेत्रलाई सरकारले लिएको छ ।’

खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनु भयो । खेलकुदले युवाहरूलाई अनुशासन, परिश्रम र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मद्दत गरेको समेत बताए । मुख्यमन्त्री आचार्यले खेलकुदलाई पर्यटन प्रबर्द्धनसँग जोडेर स्थानीय तथा अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्र बनाउने योजना अघि सारिएको जानकारी दिए ।

प्रदेश सरकारले स्थानीय खेल प्रतिभाहरूको पहिचान र उनीहरूको उचित व्यवस्थापनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद संस्कृतिको प्रवद्र्धन गर्दै युवाहरूलाई सकारात्मक गतिविधिमा संलग्न गराउने उद्देश्य लिएको छ ।

यो प्रतियोगिता खेलाडीहरूको सीप र आत्मविश्वास अभिवृद्धिका लागि महत्वपूर्ण मञ्च बन्ने विश्वास गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, शिक्षा प्रेमी, अभिभावक, विद्यार्थी लगायतको सहभागिता थियो । उद्घाटन सत्रमा विद्यार्थीहरुले विभिन्न झाँकी समेत प्रदर्शन गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।