ताजा अपडेट »

रुकुम आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा उद्घाटन

मंगलबार, १५ माघ २०८१, १७ : ०३
26 Shares
मंगलबार, १५ माघ २०८१
26 Shares

अर्जुनदृष्टि/ बुटवल  । एनएमबि बैंकको रुकुम आठविसकोटमा नयाँ शाखा उद्घाटन भएको छ ।  आमग्राहकबर्गको सुबिधालाइ ध्यानमा राखी रुकुमको आठविसकोटमा  बैंकको २ सय २औं शाखा एक विशेष  समारोहका विच औपचारिक संचालनमा आएको हो । 

आठविसकोट गाउपालिका अध्यक्ष  रवि केसी र एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा कैचिले रिवन काटेर नयाँ शाखा संमुद्घाटन गरेका हुन् ।  कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रवि केसीले एनएमबि बैंकले आफ्नो गाउँपालिकालाइ छनौट गरेर नयाँ शाखा स्थापना गरि  वित्तीय सेवा शुभारम्भ गरेकोमा  आभार व्यक्त गर्दै  बैंकको शाखा संचालनले यस क्षेत्रको आर्थिक विकासलाइ बढवा दिने विस्वास व्यक्त गरे। 

एनएमबि बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले एनएमबि बैंकले एक उत्कृष्ट बैंकको रुपमा वित्तीय सेवा दिदै आएको औल्याउँदै आम जनता, स्थानीय,  राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायको रोजाईको बैंक रहेको जानकारी दिए। उनले बैंकको स्थापना काल देखि नै  भ्यालु बेस, सुशासन, नागरिक मैत्री बैंकको रुपमा सेवा दिदै आएको बताए।

एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीले  रुकुमको आठविसकोट गाउपालिकाका जनताको वित्तीय पहुँच विस्तार गर्ने उदेश्यले बैंकको शाखा संचालनमा ल्याएको उल्लेख गर्दै  एनएमबि बैंकको आधुनिक, सहज, सरल र छिटोछरितो बैंकिङ्ग सेवाबाट यस क्षेत्रका आमजनता लाभान्वित हुने विश्वास व्यक्त गरे।

उनले बैंक आमजनताको विस्वासबाट संचालन हुनेभएकोले एनएमबि बैंक सदैव जनताको निक्षेपको सुरक्षालाइ पहिलो प्राथमिकतामा राखि सेवा प्रवाह गरिरहेको वताए।  सुदृढ, सुरक्षीत वित्तीय सहयोगीको रुपमा बैंकहरुले काम गर्ने भएकोले सबै सरोकारहरुको साथ र सहयोग सदैव आवश्यक हुने  उनले औल्याए ।

एनएमबि बैंक लुम्बिनी प्रदेश सिनियर एरिया म्यानेजर मेघराज तिम्सिनाले स्थानीय उद्दम प्रबर्द्धन, स्थानीय उत्पादन, स्थानीय स्रोत साधनको उपयोगको लागि वित्तीय सहकार्य गर्न रुकुमको ग्रामीणस्थल आठविसकोटमा एनएमबि बैंकको शाखा खोलिएको बताए ।

कार्यक्रममा गाउपालिकाका १४ बटै वडाका वडा अध्यक्षहरु, आठविसकोट उद्योग वाणिज्य संघका अध्यक्ष  दिनेश चन्द, ईलाका प्रहरी प्रमुख, एनएमबि बैंक शाखा प्रबन्धक तथा कर्मचारी, स्थानीय जनताहरुको  बाक्लो उपस्थिति रहेको थियो ।

एनएमबि बैंक रुकुम  आठविसकोट शाखा प्रबन्धक विवश घिमिरेले गाउँपालिकाका आमजनता, बुबाआमा, दाजुभाइ, दिदिबहिनीहरुलाइ गुणस्तरीय बैकिङ्ग सेवा दिन आफुहरु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे। सुरक्षीत रूपमा बचत राख्ने, सरल कर्जा लगायतका सम्पूर्ण आर्थिक कारोबार ढुक्क भएर एनएमबि बैंकबाट गर्न सबैलाई आग्रह गरे ।

आठविसकोटका अध्यक्ष रवि केसीको प्रमुख आतिथ्यता, एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुलीको स्वागत, एनएनबि बैंक लुम्बिनी प्रदेश एरिया एकका सिनियर एरिया म्यानेजर मेघराज तिम्सिनाको संचालनमा सम्पन्न कार्यक्रममा करिव सहभागी २ सय जनाको सहभागिता थियो । कार्यक्रम पश्चात् उपस्थित सबैलाइ बैंकको तर्फबाट सम्मानस्वरुप जलपान  गराइएको थियो ।

एनएमबि बैंक विगत २७ वर्षदेखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।