ताजा अपडेट »

हिमालयन बैंकको दादागिरी: दुई वर्ष अघिनै तिरेको लोन उठाउन गुण्डा परिचालन

मंगलबार, १५ माघ २०८१, १५ : ५७
1.04K Shares
मंगलबार, १५ माघ २०८१
1.04K Shares

बुटवल । हिमालयन बैंक लिमिटेडले सडकमा गुण्डा परिचालन गरेर ‘दादागिरी’ प्रदर्शन गरेको छ । रुपन्देहीको देवदहमा बीच सडकमा गुडिरहेको गाडीलाई रोकेर अभद्र व्यवहार गरेको भन्दै पीडित व्यक्तिले ईलाका प्रहरी कार्यालय खैरेनीमा उजुरी दर्ता गराएपछि घटना सार्वजनिक भएको हो । सो घटनापछि प्रहरीले बैंकका प्रतिनिधि बताउने सञ्जीव लामा नाम गरेका युवासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । 

रुपन्देहीको देवदहमा मँगलबार गुडीरहेको गाडीलाई बीच सडकमा रोकेर बैंक प्रतिनिधिले धम्क्याएपछि नवलपरासीका भरत क्षेत्रीले प्रहरीमा उजुरी दर्ता गराएका हुन् । उनी सवार बागमती प्रदेश ०१–०२६ च २१४६ नम्बरको कारलाई रोकेर २ वर्ष अगाडि नै चुक्ता गरेको ऋण मागेपछि झस्किएका थिए । 

सो विषयमा हिमालयन बैंक सुनवल शाखामा कार्यरत लोन शाखाका म्यानेजर सन्दीप पाण्डेले बुझेर खबर गर्ने भन्दै प्रतिक्रिया दिन चाहेनन् । तर, प्रहरीले पक्राउ गरेका व्यक्ति भने बैंककै प्रतिनिधि भएको स्वीकार गरे । प्रहरी चौकी खैरेनीका प्रमुख प्रहरी निरीक्षक एक्काबहादुर नेपालीले घटनामा संलग्न भएका व्यक्तिलाई पक्राउ गरिएको बताए । यद्यपीपक्राउ परेका व्यक्तिलाई छुटान प्रहरी तथा बैंक प्रतिनिधिबाटै दवाब दिइएको पीडित भरत क्षेत्रीले गुनासो गरे । 

हिमालयन बैंकबाट लोनमा गाडि किनेका उनले २ वर्ष अघिनै चुक्ता गरे पनि बैंकको पैसा उठाउने नाम लिष्टमाआफ्नो गाडी समेत परेको भन्दै बीच सडकमा रोकेर अभद्र व्यवहार गरेको उनले गुनासो गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।