बुटवल । बुटवलमा ट्रयास रेस प्रतियोगिता हुने भएको छ । ‘सफा सहर, हाम्रो रहर’ नारासहित यही माघ १९ गते सफाईको जागरणका लागि बृहत फोहोर उठाउने दौड प्रतियोगिता हुने भएको हो । मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी पुरा भएको आयोजक क्लोथ एण्ड फुड बैंक बुटवलका कमल जिसीले बताए ।
प्रतियोगिता बुटवल उपमहानगरपालिकाको सहयोग र ग्रास इन्टरनेशनलको प्रायोजनमा हुन लागेको हो । मनोरञ्जनसंगै युवा जागरणलाई जोडेर नया अभियान बुटवलमा सुरुवात गरेको उनले बताए । काठमाडौमा सरसफाई अभियान चलाउँदाको सिकाईबाट आफ्नै क्षेत्र बुटवलमा नयाँ थालनी गर्न लागेको उनले बताए ।
यस क्षेत्रका सुरक्षा निकाय, कलेज, विद्यालय लगायतमा समन्वय गरिएको कार्यक्रममा ८५० जना दर्ता भैसकेको उनले बताए । सो प्रतियोगितामा १६ वर्ष उमेर माथिको युवाहरु सहभागी हुन पाउने व्यवस्था रहेको उनले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५ हजार, द्वितीयले ३० हजार र तृतीयले नगद १५ हजार रुपियाँ र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
लाइम एण्ड लेमल र रिफ्रेस रेष्टुरेन्टबाट सुरु भएको रेस क्लब डेनेभोमा समापन हुनेछ । कालिका पथ, ट्राफिक चोक, भुड्की चोक, भाटभटेनी, राजमार्ग चौराहा हुँदै पुनः क्लब डेनेभोमा पुगेर समापन हुनेछ ।
कार्यक्रममा क्लोथ एण्ड फुड बैंक केन्द्रका सल्लाहकार राजिव गौतमले वातावरण जोगाउने महत्वपूर्ण अभियान भएको बताए । बुटवलबाट नै सुरु भएको यो अभियान अहिले देशभर चलेको छ । सहभागीको लागि निःशुल्क फारमको ब्यवस्था रहेको उनले बताए ।
बुटवलको ६ किलोमिटर दूरीमा फोहोर उठाउन एक घण्टाको समयावधि तोकिएको कार्यक्रम संयोजक लक्ष्मण श्रेष्ठले बताए । सहभागीहरुले सडकमा भेटिएका प्लास्टिकजन्य पदार्थ दुई जना समूहमा रहने उनले बताए । एकजना फोहोर उठाउने र अर्कोले ब्यागमा राख्ने उनले बताए ।
प्रतिक्रिया