ताजा अपडेट »

एमाले संसदीय दलको बैठक आज बस्दै, के छन छलफलका एजेण्डा ?

मंगलबार, १५ माघ २०८१, ०७ : २२
52 Shares
मंगलबार, १५ माघ २०८१
52 Shares

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आज बस्ने भएको छ । दिउसो १ बजे सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । 

सङ्घीय संसद् अधिवेशन सुरु हुनुअघि आवश्यक रणनीतिका लागि तय गर्न  संसदीय दलको बैठक बस्न लागेको हो । बैठकमा आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकका विषयमा पनि छलफल हुने बताइएको छ । आउँदो १८ माघबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।