ताजा अपडेट »

पश्चिमी वायुमो सामान्य प्रभाव, देशभरको मौसम मुख्यता सफा रहने

मंगलबार, १५ माघ २०८१, ०६ : ४८
124 Shares
मंगलबार, १५ माघ २०८१
124 Shares

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा देशभरको मौसम मुख्यतया सफा रहने भएको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराईका धेरै भूभागमा हुस्सु र कुहिरो रहेको छ । तराई क्षेत्र तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ । 

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदलीको सम्भावना रहेको जनाएको छ । बाँकी प्रदेशका अन्य भूभागमा मौसम सफा रहनेछ । 


भोलिबाट कमजोर न्यूनचापीय प्रणाली भित्रिनेछ । जसको प्रभाव अधिकांश प्रदेशमा पर्नेछ । जसका कारण मौसममा बदली हुनेछ । जसका कारण सातवटै प्रदेशमा आंशिक बदली हुनेछ । “भोलिबाट कमजोर न्यूनचापीय प्रणाली आउँदै छ । जसका कारण सबै प्रदेशमा आंशिक बदली हुनेछ,” मौसमविद् प्रधानाङले भने, “मधेस र लुम्बिनी प्रदेशबाहेक अन्य प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ ।” हिमपातको सम्भावना रहे पनि वर्षाको सम्भावना भने नरहेको विभागले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।