ताजा अपडेट »

रुपन्देही व्यापार संघले गर्यो वार्षिक समीक्षा

सोमबार, १४ माघ २०८१, १७ : ४५
50 Shares
सोमबार, १४ माघ २०८१
50 Shares

बुटवल । व्यवसायीहरुका समस्या समाधानका लागि सरकारी तहमा पहुँच पुर्याउँदै सामाजिक सहकार्यको माध्यमबाट समाज रव्यवसायीक संस्थाहरुलाई जोडेर लैजान आग्रह गरिएको छ । आर्थिक क्षेत्रमा देखिएको मन्दी र त्यसलो पारेको असरलाई न्यूनिकरण गर्दै व्यवसायीक गतिविधि चलायमान बनाउने कार्यक्रममा जोड दिन व्यवसायीहरुले नेतृत्वलाई सुझाव दिएका छन् ।

रुपन्देही व्यापार संघले बुटवलमा आयोजना गरेको आफ्नो वार्षिक समिक्षा कार्यक्रममा व्यवसायीहरुले वर्तमान बदलिदो परिवेशमा कार्यक्रम र संस्थाका उद्देश्यहरुमा परिर्माजन गर्नु जरुरी रहेको बताउँदै संस्थागत सहकार्यमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले व्यापार संघले आफ्नो स्थापनाका समयमा बोकेको लक्ष्य र उद्देश्यलाई पूरा गर्नका लागि तात्कालिन र दिर्घकालिक कार्ययोजना बनाएर अगाडि बढ्नु जरुरी भएको बताए । उनले वर्तमान कार्य समितिले आफ्नो वार्षिक समिक्षा गर्ने परिपाठीको सुरुवात गरेर व्यवसायी सदस्यहरुको सुझवा लिएकोमा धन्यवाद दिदै संस्थाको हित विरुद्ध जाने छुट कसैलाई नभएको धारणा व्यक्त गरे । 

कार्यक्रममा संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले आफु निर्वाचित भएर आएपछि गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराउँदै आगामी दिनमा व्यवसायीहरुको हकहित र संस्थागत विकासका लागि नया ढंगले अगाडी बढ्ने प्रतिवद्धा व्यक्त गरे । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु शंकरप्रसाद भट्टराई, पदम प्रसाद श्रेष्ठ, श्रीकृष्ण पोखरेल, कृष्णप्रसाद घिमिरे, सल्लाहाकार परिषदका संयोजक तेजप्रसाद सुनार, माधव नेपाल, जोगलाल विक लगायत बोलेका थिए ।

कार्यक्रम संघका अध्यक्ष दिपक प्रसाद अधिकारीको अध्यक्षता, महासचिव फर्सुराम पन्थको सञ्चानल तथा वरिष्ठ उपाध्यक्ष प्रकाश ढकालको स्वागतमा सम्पन्न भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।