भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले यही माघ २३ गतेदेखी पाठेघरको मुखको क्यान्सर विरुद्घको खोप एचपीभी (हृयुमन प्यापुलोना भाइरस) लगाउने भएको छ ।
संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको खोप कार्यक्रमलाई सिद्धार्थनगरले माघ २३ देखी २९ गतेसम्म सचांलन गर्न लागेको हो । अभियान अन्तरगत पालिका भित्रका चार हजार दुईसय बिशोरीहरुलाई खोप लगाउनले लक्ष्य लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वरी न्यौपानेले जानकारी दिए । खोपको लागी ४२ बटा बिद्यालयमा खोप केन्द्र तोकिएको छ ।
विद्यालय बाहिर रहेका किशोरीलाई खोप केन्द्र सहभागी बनाउने तयारी भएको उनले बताए । खोप सचांलनकालागी सिद्धार्थनगर नगरपलिकाका प्रमुख ईस्तियाक अहमद खाँको अध्यक्षतामा सोमवार बसेको पालिका स्तरीय खोप समन्वय समीतीको बैठकले लक्षित समुहका सवै किशोरीहरुसम्म पुग्ने गरी खोप सचांलन गर्ने निर्णय गरेको छ । एचपीभी खोपलाई प्रभावकारी बनाउन बिद्यालय, स्वास्थ्य स्वयं सेविका तथा सरोकारवाला पक्षसगं छलफल तथा अभिमुकिकरण कार्यक्रम पनि राखिएको छ ।
नेपाली महिलाको सबैभन्दा बढीमा देखिने स्वास्थ्य सम्बन्धी समस्यामध्ये एक पाठेघरको मुखको क्यान्सर हो । यो समस्यालाई निराकरण गर्न लक्षित समुह नछुट्ने गरी खोप केन्द्र तोकीएको र सोही अनुसार तयारी गरिएको नगर प्रमुख ईस्तियाक अहमद खाँले जानकारी दिए ।
यो खोप ९ देखि १४ वर्ष उमेर समूहका बालिकाहरुलाई लक्षित गरिएको छ । यसरी निश्चित उमेर तोकिनुको कारण यौन क्रियाकलापमा सहभागी हुनुभन्दा अगाडि नै यो खोप दिनुपर्ने भएकाले उमेर समूह तोकिएको हो । किनभने यो भाइरस यौन क्रियाकलापबाट सर्छ । तर यौन क्रियाकलाप नगरेको अवस्थामा २६ वर्ष उमेर सम्मका युवतीलाई खोप लगाउन सकिन्छ ।
प्रतिक्रिया