ताजा अपडेट »

क्यानडा र जापान पठाइदिन्छु भनि ठगी गर्ने गुल्मीका एक युवासहित महिला पक्राउ

सोमबार, १४ माघ २०८१, १६ : २८
386 Shares
सोमबार, १४ माघ २०८१
386 Shares

बुटवल । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको सत्यवती गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–८ बस्ने ३० वर्षीय रविन श्रेष्ठ र पर्सागढी नगरपालिका–३ घर भई हाल काठमाडौं–३२ बस्ने ३९ वर्षीया शारदा कार्की रहेका छन् । 

पक्राउमध्ये शारदाले क्यानडा पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ६ लाख ८५ हजार ५ सय रूपैयाँ र रविनले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २० लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको उजुरी प्राप्त भएको प्रहरीले जनाएको छ । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई काठमाडौं टेकुबाट आइतबार र रविनलाई काठमाडौं कालोपुलबाट शुक्रबार पक्राउ गरेको हो । 

शारदालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने रविनलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।