ताजा अपडेट »

सभामुख र प्रमुख राजनीति दलका मुख्य र प्रमुख सचेतकबिच छलफल सुरु

सोमबार, १४ माघ २०८१, ११ : ४७
18 Shares
सोमबार, १४ माघ २०८१
18 Shares

काठमाडौँ । सभामुख देवराज घिमिरे र संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका मुख्य सचेतक र प्रमुख सचेतक बिचको छलफल सुरु भएको छ ।   सभामुखको कार्यकक्ष सिंहदरबारमा दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल सुरु भएको हो ।

आइतबार सभामुख घिमिरेले सत्तारुढ दल र विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए ।  माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनअघि सभामुखले संसद् सञ्चालन र तयारीबारे विभिन्न दलका प्रतिनिधिहरूसँग छलफल जारी राखेका हुन् ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही दिन अघि मात्र सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरू आक्रोशित बनेका छन् । प्रतिपक्ष दल अध्यादेशको विपक्षमा संसदमा चर्को आवाज उठाउने तयारीमा छन् भने सत्तापक्ष बचाउमा प्रस्तुत हुने तयारीमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।