ताजा अपडेट »

‘लिफ्ट’ सिँचाइले फेरियो मटेराको मुहार, गाउँका एक सय घर परिवार कृषि कर्ममा

सोमबार, १४ माघ २०८१, ०७ : ४५
30 Shares
सांकेतिक तश्विर
सोमबार, १४ माघ २०८१
30 Shares

दाङ । तुलसीपुर उपमहानगरपालिका – १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानीमा व्यवसायमा संलग्न छन । उनले तोरी , चना , केराउ खेतीबाट प्रशस्त आम्दानी गर्नुभएको छ । लिफ्ट सिँचाइले उनी सफल किसान बबनृका हुन ।

“पहिले नौ बिघा जमिनमा तोरी, चना र केराउखेती गरे पनि उत्पादन कम हुन्थ्यो तर अहिले पहिलेको तुलनामा १० गुणाबढी उत्पादन हुन्छ । लिफ्ट सिँचाइका कारण यो सब सम्भव भएको हो”, उत्पादन वृद्धिको रहस्य सुनाउँदै उनले भने ।

उनले पाँच बिघामा तोरी र बाँकी भूमिमा केराउ तथा चनाखेती गरेका छन् । उनी बेमौसमी सागसब्जी लगाउने योजनामा छन । कृषि उपज बेचेर बितेको याममा आफूले  पाँच लाख बचत गरेको उनले बताए । उनी कृषि औजरको भरपूर उपयोग गर्ने किसानका रुपमा पनि मटेरामा परिचित छन । पूर्व वडासदस्य उनी हिजोआज राजनीतिबाट अलग छन । यद्यपि सामाजिक काममा गाउँलले उनलाई नै सम्झन्छन् ।

मुश्किलले एक याममा मात्र खेती हुने मटेरामा हिजोआज सधैँ खेती हुने गरेको छ । साजसब्जी फलाउने गाउँका रुपमा यो गाउँको नयाँ परिचय पनि थपिएको छ । यही गाउँकी ४४ वर्षीया अष्टुमी चौधरीले तोरी तथा सागसब्जी बेचेर आर्थिक रुपमा आफू आत्मनिर्भर भएको बताउछिन । उनले तीन बिघामा तोरी र तीन बिघामा सागसब्जी राेपेकी छन् । उनी आफ्ना उत्पादन स्वयं बजार पुर्याउनुछिन र आफै बेच्छिन् ।

टमाटर,  काउली र धनियाँ बिक्री गरेर रु डेढ लाख आम्दानी गरेको उनले  बताइन। तोरी बेचेर अर्को  तीन लाख ५० हजार बचत गरेको उनले आल्हादित हुँदै सुनाइन् । सबै खर्च कटाएर त्यति मुनाफा आर्जन भएको हो । थाप्लामा भारी बोकेर सागसब्जी बेच्नुपर्ने बाध्यता नभएकामा उनी मक्ख छिन् ।

मटेरामा कृषि उपज बजारसम्म लैजाने उनीमात्र छैनन् उनका छिमेकी पनि उत्तिकै परिश्रम गर्छन् जसले उनीहरुलाई आर्थिक रुपमा सबल बनाएको छ । मेटेरा गाउँका एक सय घरका परिवार लिफ्ट सिँचाइका माध्यमबाट कृषिकर्म गरिरहेका छन् । एक करोड ५० लाख खर्चेर बबइको पानी लिफ्ट सिँचाइ आयोजनामार्फत किसानका खेतबारीमा पुगेपछि मटेराको मुहार फेरिएको हो ।

यसैबीच, लुम्बिनी प्रदेश सरकारले मटेरा र लुहाडबरा गाउँलाई ‘स्मार्ट’कृषि गाउँ घोषणा गरी किसानलाई तालिम, अनुदानमा कृषि औजार र बीउ वितरण गरी व्यावसायिक रुपमा कृषि कर्ममा लाग्न अभिप्रेरित समेत गरेको छ । रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।