लुम्बिनी । शाक्यहरुको सामूहिक बध गरिएको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय स्थल सगहरवामा गत वर्ष मूर्तिकला कार्यशालाबाट तयार भएका मूर्तीहरुको व्यवस्थापन गरी पार्कका रुपमा विकास गर्न स्थानीयहरुले अग्रसरता लिनुपर्नेमा जोड दिइएको छ । लुम्बिनी विकास कोषले आईतबार सगरहवामा निर्माण गरिएका मूर्तीहरुको संरक्षणका सन्दर्भमा स्थानीय र सरोकारवालाहरुसँग गरिएको छलफल कार्यक्रममा स्थानीयहरुकै अग्रसरतामा मात्रै सम्पदा स्थल संरक्षण हुने भएकाले अगुवाई गर्न आग्रह गरिएको हो ।
गत वर्ष लुम्बिनी विकास कोष, कपिलबस्तु नगरपालिका सहितका विभिन्न संघसंस्थाको समेत सहकार्यमा कपिलबस्तु राष्ट्रिय मूर्तीकार्यशाला गरी सगरहवाको ऐतिहासिकता प्रस्तरमा उतारिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्वमन्त्री एव्म प्रदेशसभा सदस्य विष्णु पन्थीले ओझेलमा रहेको सगरहवामा बनेका मूर्तीहरुलाई आर्कषक पार्कका रुपमा विकास गर्न सके यसबाट स्थानीयले धेरै लाभ लिन सक्ने बताए । लुम्बिनी आउने पर्यटकहरुको बसाईअवधि अत्यन्तै छोटो भएकोमा सगरहवामा निर्माण गरिएको मूर्तीले पर्यटकको बसाई लम्ब्याउने विश्वास व्यक्त गरे । जगदीशपुर तालको छेउमा रहेको सगरहवाले नै कपिलबस्तुको पर्यटनलाई उठाउने उनले बताए । सांसद पन्थीले पर्यटकहरुको लुम्बिीनी विकास कोष, स्थानीय सरकारसँगै स्थानीय बासिन्दाहरुको समेत सहभागिता हुने गरी पार्कको मोडेल बनाउन आफू जनप्रतिनिधिका रुपमा सहयोग गर्न तयार रहेको बताए । उनले प्रदेश सरकारका तर्फबाट बजेटका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
यस्तै उक्त कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई९सिद्धिचरण० ले सगरहवामा बनेको मूर्तीहरु स्थानीयहरुको सम्पत्ति रहेको बताउँदै यसको संरक्षण स्थनीयकै अग्रसरतामा मात्रै सम्भव हुने बताए । उनले कुनै पनि सम्पदाको संरक्षण स्थानीयहरुले नै गर्न सक्ने भएकाले बनेका मूर्तीहरुलाई सजाएर सुन्दर पार्कका रुपमा विकास गर्नका लागि स्थानीय सरकार र स्थानीयबासिन्दाहरुलाई नै अगुवाई गर्न आग्रह गरे ।
कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलबस्तु नगरपालिका र सगरहवाका स्थानीयहरुलाई मूर्तीहरुको संरक्षणका लागि स्पष्ट योजना ल्याउन आग्रह गरे । उनले कोषसँग बजेट नभएकाले प्रदेश र स्थानीय सरकारलाई पार्ककको व्यवस्थापनका लागि बजेट छुट्याउन समेत ध्यानआर्कषण गराए ।
उक्त अन्तरक्रिया कार्यक्रममा स्थानीय अगुवाहरु ललित बहादुर गुरुङ, देवेन्द्र पोखरेल, हिरालाल पौडेल, डा। अब्दुल रसिद खाँन लगायतले बोल्दै मूर्तीको संरक्षणका लागि कोषले उचित वातावरण मिलाउनुपर्नेमा जोड दिए । त्यस्तै उनीहरुले मूर्तीस्थलसम्म जाने सडकको व्यवस्थापनका लागि समेत कोषको ध्यानआर्कषण गराएका थिए । साथै सोही अवसरमा गत वर्ष सञ्चालित कपिलबस्तु राष्ट्रिय मूर्तीकला कार्यशालाका गतिविधि समेटिएको सगरहवा स्मारिकाको समेत विमोचन गरिएको थियो ।
कोषका कार्यकारिणी सदस्य रामनरेश प्रसाद कोहारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कपिलबस्तु कार्यालयका प्रमुख माधव आचार्यले गरेका थिए । शाक्यमुनि बुद्धको जीवनको उतार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु प्रसनजीतलाई झुक्याएर शाक्यपुत्री भनि दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधवश कपिलवस्तु राज्यका हजारौं शाक्यहरुको सामूहिक बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ ।
सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तुुपहरूको निर्माण गरेको चिनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरिएको पाइन्छ ।
प्रतिक्रिया