ताजा अपडेट »

पश्चिमी वायुको सामान्य प्रभाव : कस्तो रहला दिनभरको मौसम ?

सोमबार, १४ माघ २०८१, ०७ : १३
68 Shares
सोमबार, १४ माघ २०८१
68 Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशका केही भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । 

देशको तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सुकुहिरो लागेको अवस्था छ। बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।