ताजा अपडेट »

भरुवा बन्दुकसहित अर्घाखाँचीबाट २ जना पक्राउ

आइतबार, १३ माघ २०८१, १४ : ४४
116 Shares
आइतबार, १३ माघ २०८१
116 Shares

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ सौराखोलास्थित सामुदायिक जंगलबाट भरुवा बन्दुक र गोली गट्ठासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । एकनाले भरूवा बन्दुक १ थान, बारूद करिब २ सय ग्राम, छर्रा करिब ७ सय ५० ग्राम, चक्कु १ थान,
पिलास १ थान र बन्दुकमा राख्ने क्याप ६ थान सहित २ जनालाई आइतबार बिहान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

पक्राउ पर्नेहरूमा पाणिनी गाउँपालिका–८ दाङजा बस्ने ४१ वर्षीय सुरेस कुमाल र २५ वर्षीय कमल कुमाल रहेका छन् । प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनीहरूलाई हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।