ताजा अपडेट »

फोनिज रुपन्देहीको अध्यक्षमा मिन राना निर्वाचित

आइतबार, १३ माघ २०८१, ११ : ४२
26 Shares
आइतबार, १३ माघ २०८१
26 Shares

बुटवल । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीको अध्यक्षमा मिन राना सर्बसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलको बाजे बज्यै स्थानमा भएको फोनिजको सातौँ जिल्ला अधिवेशनले रानाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन गरेको हो । 

नवनिर्वाचित समितिको उपाध्यक्षमा राज चौधरी, सचिवमा आकृति थापा, सहसचिवमा मनु गुरुङ र कोषाध्यक्षमा पार्वती थारु रहेका छन् भने सदस्यहरुमा जगत ठाडामगर, वसन्त सिंजाली, सुमन थापा, निलम चौधरी, एकु राना, नारायणी पाटामगर, जगिलाला थापा र खिम रेश्मी मगर रहेका छन् । 

अधिवेशनले संगठनका अध्यक्ष सानु थापाको कार्यकालको समिक्षासहितको आगामी योजना प्रतिवेदन र कोषाध्यक्ष मिन रानाको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको फोनिजले जनाएको छ ।

यसअघि अधिवेशनको खुल्ला सत्रको उद्घाटन गर्दै कन्चन गाउँपालिका उपाध्यक्ष मौसमी पुन मगरले आवाजविहीनको आवाज बुलन्द गर्न फोनिजले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताइन् । समावेशीता र सहभागीतामुलक राजनीतिक प्रणालीको विकासमा संचार माध्यमले अग्रणी भूमिका खेलेको उल्लेख गर्दै उनले फोनिजजस्ता संस्था राज्यको सम्पत्ति भएको बताइन् ।

अधिवेशनमा फोनिजका केन्द्रिय उपाध्यक्ष सरु राना, पत्रकार सम्बद्ध संस्थाका जिल्ला अध्यक्षहरु तथा जातिय संगठनका अध्यक्षहरुले शुभकामना मन्तव्य राखेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।