ताजा अपडेट »
अखिल क्रान्तिकारीको मतगणना

मतपत्रमा पानी खन्याएपछि मधेस प्रदेशको मतगणना स्थगित

आइतबार, १३ माघ २०८१, ११ : ०१
30 Shares
आइतबार, १३ माघ २०८१
30 Shares

काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको मधेस प्रदेशमा जारी मतगणना विवादका कारण रोकिएको छ । एक सय ५४ मत गणना हुँदा चार मत कम देखिएपछि विवाद भएको एक विद्यार्थी नेताले जानकारी दिए ।

 विवादकै क्रममा अध्यक्षका उम्मेदवार विजय शर्मा सापकोटा पक्षधरले मतपत्रमा पानी खन्याएपछि मतगणना स्थगित भएको ती नेताले जानकारी दिए । मधेस प्रदेशमा अध्यक्षका उम्मेदवार उपदेश यादवले सबैभन्दा बढी ६७ मत ल्याएका छन् । हेमन्त राईले ४१, सापकोटाले ४० र सुदिन पौडेलले एक मत पाएका छन् । ती नेताका अनुसार एक मत बदर भएको छ । 

 अहिले दुवै पक्षले पुनः निर्वाचन हुनुपर्ने माग गरेका छन् । ‘मत गणना हुँदा चार मत कम देखियो । विवाद हुँदा महासचिवका उम्मेदवार सञ्जय महतोको समूहले पानी खनाएपछि मतगणना स्थगित भएको छ । निर्वाचन समितिले अहिले सिलबन्दी गरेर राखेको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।