ताजा अपडेट »

बलिउड अभिनेतृ ममता कुलकर्णीले लिइन सन्यास, बनिनन माई ममता नन्द गिरी

आइतबार, १३ माघ २०८१, ०८ : ०८
106 Shares
आइतबार, १३ माघ २०८१
106 Shares

बुटवल । ९० को दशककी बलिउड चलचित्र अभिनेत्री ममता कुलकर्णीले शुक्रबार प्रयागराजमा जारी महाकुम्भ मेलाबाट आफ्नो आध्यात्मिक यात्रा सुरु गरेकी छन्। उनलाई किन्नर अखाडाका आचार्य महामन्लडलेश्वर लक्षमी नारायण त्रिपाठीले दिक्षा दिएका हुन ।

समाचार वेबसाइट द हिन्दुका अनुसार उत्तर प्रदेश सरकारले उनलाई अब माई ममता नन्द गिरीको नामले चिनिने बताएको छ। उत्तर प्रदेश सरकारले जारी गरेको विज्ञप्तिमा ममता कुलकर्णीले कुम्भ मेलामा किन्नर अखाडामा सन्न्यास लिएपछि उनलाई नयाँ नाम दिइएको हो।

ममता ९०काे दशकमा बलिउड चलचित्र उद्याेगमा बाेल्ड नाइकाका रूपमा प्रख्यात थिइन । उनकाे जन्म २० अप्रील १९७२मा भारकाे मुम्बईमा भएकाे थियाे । उनले आफ्नाे फिल्मी करीयर १९९१मा तमील चलचित्र 'नन्दबर्गल'बाट गरेकी हुन भने १९९१मै उनले हीन्दी चलचीत्र मेरादिल तेरे लिए बाट बिलउड फिल्मी जगतमा प्रवेश गरेकी थिईन ।

उनलाई १९९३ मा चलचित्र 'आशिक आवारा'का लागि बेस्ट डेब्यू अवार्ड  प्रदान गरीएकाे थियाे । हालसम्म उनले ३४ चलचित्रमा अभिनय गरेकी छन । उनी करण अर्जुन, वक्त हमाराहै, क्रान्तिविर, बाजी जस्ता चर्चित चलचित्रमा देखिएकी थिइन । उनकाे अन्तिम चलचित्र कभी तुम कभी हम सन २००२मा  रिलिज भएकाे थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।