ताजा अपडेट »

प्रलेस लुम्बिनी प्रदेशको फागुन २६ मा सम्मेलन हुने

शनिबार, १२ माघ २०८१, २१ : ०४
138 Shares
शनिबार, १२ माघ २०८१
138 Shares

 

लमही । प्रगतिशील लेखक संघ नेपाल लुम्बिनी प्रदेश समितिको तेस्रो बैठक शनिवार दाङको लमहीमा सम्पन्न भएको छ । प्रलेस, लुम्बिनी प्रदेशका अध्यक्ष पंकजकुमार श्रेष्ठको अध्यक्षता एवं प्रलेसका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज दलबहादुर गुरुङको प्रमुख आतिथ्यता र  पूर्वकेन्द्रीय उपाध्यक्ष तथा वर्तमान सल्लाहकार पद्मप्रसाद शर्माको विशिष्ठ आतिथ्यतामा सञ्चालित बैठकमा विविध वूँदामा छलफल गरी निर्णय भएका छन् । 

बैठकले आगामी फागुन २६ गते लमही नगरपालिकाको रातोडाँडामा तेस्रो अधिवेशन सम्मन्न गर्ने निर्णय गरेको छ । जसलाई सफल बनाउन कोषाध्यक्ष शशिराम कार्कीको संयोजकत्वमा आर्थिक उपसमिति, सदस्य रेशम वि.सीको संयोजकत्वमा भोजन व्यवस्थापन उपसमिति, जगदीश ढकालको सयोजकत्वमा प्रचारप्रसार उपमितिलगायतका समिति गठन गरिएको छ । तेस्रो प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि लुम्बिनी प्रदेशका प्रत्येक जिल्लाबाट ३/३ जना प्रतिनिधि तोक्ने र अन्यको प्रनिधिको हकमा १० सदस्य बरावर एकजना सदस्य प्रतिनिधि रहने साथै दुबै प्रतिनिधिमा ३३ प्रतिशत् महिला अनिवार्य हुनपर्ने र विधानले तोके अनुसार  हरेक जिल्लाबाट शुल्क लिने समेत निर्णय भएको छ । 

बैठकमा प्रदशे ईन्चार्ज गुरुङले केन्द्रबाट हालै जारी भएका निर्देशन प्रस्तुत गर्नुका साथै अधिवेशन सभ्य र भव्यरुपमा सम्पन्न गर्न प्रदेशभरिका प्रलेसका सदस्यहरुले अहम् भूमिका निर्वाह गर्नुपर्ने बताए । प्रगतिशील लेखनको आन्दोलनलाई निरन्तर अघि बढाउनु पर्नेमा जोड दिए । संघका सल्लाहकार एवं पूर्वकेन्द्रीय उपाध्यक्ष शर्माले विगतको अनुभव सुनाउँदै प्रदेश समितिले आफ्नो भूमिका चनाखो तरिकाले निर्वाह गर्नुपर्नेमा जोड दिए । अर्का प्रदेश सल्लाहकार नीमबहादुर थापाले देउखुरीको लमहीमा तेस्रो अधिवेशन हुन लागेकाले यस क्षेत्रका सम्पूर्ण प्रगतिशीलहरुले निःस्वार्थरुपले सघाउने बताए । बैठकको आरम्भमा सबै जिल्लाका प्रतिनिधिले आआफ्नो जिल्लाको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण कोषाध्यक्ष शशिराम कार्कीले गरेका थिए ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।