काठमाडौं । नेपाली कांग्रेसको पूर्व पदाधिकारी बैठकले दुई दलले बनाएको संयन्त्रबारे छलफल गरेको छ । शनिबार बसेको उक्त बैठकले मन्त्री र दुई दलले बनाएको समयन्त्रबारे छलफल गरिएको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बताए ।
उनले भने, ‘हाम्रा मन्त्रीज्यूहरु र सरकारले जुन संयन्त्र बनाएको छ त्यसबारे समीक्षा भयो । दुई दलले बनाएको संयन्त्रले के गरिरहेको छ र सँगसंगै अध्यादेश जुन आएको छ त्यसको औचित्यका विषयमा तथा समग्रमा सरकार कसरी गइरहेको छ भन्ने विषयमा छलफल भएको छ ।’ यसैगरी लामो समयदेखि संसदमा विचाराधिन रहेका विधेयकहरुलाई आउँदो अधिवेशनमा तदारुकताका साथ पास गर्ने विषयमा पनि पूर्वपदाधिकारी बैठकमा छलफल गरिएको छ ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले आगामी संसद अधिवेशनमा पेस हुने विधेयकका विषयमा छलफल भएको जानकारी दिए । उनले कांग्रेसका मन्त्रीहरुको काम कारवाहीका विषयमा पनि समीक्षा भएको बताए ।
प्रतिक्रिया