ताजा अपडेट »

देवदहमा बौद्ध गतिविधि र सम्पदा संरक्षणमा स्थानीयहरुलाई जोड्न छलफल

शनिबार, १२ माघ २०८१, १५ : २८
72 Shares
शनिबार, १२ माघ २०८१
72 Shares

लुम्बिनी । बुद्धको मावली क्षेत्र देवहदमा बौद्ध गतिविधि र बुद्धकालिन पुरातात्विक क्षेत्रहरुको सरसफाईका लागि अभियान थालिने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको उपस्थितीमा कोषको देवदह कार्यालयको आयोजनामा त्यसक्षेत्रका सरोकारवालाहरुको छलफलले देवदहका ऐतिहासिक र बौद्धकालिन सम्पदाहरुको संरक्षणमा स्थानीयहरुको समेत सहभागिता र अपनत्व बढाउन अभियान गर्नुपर्ने निष्कर्ष निकालिएको हो । 

छलफलबाट देवदहमा क्रियाशिल क्रियाशिल बुद्धसंग सम्बन्धित संघ सस्थाहरुसँग समन्वय गरि बृहत् भेला आयोजना गर्नका लागि टेकबहादुर थापाको संयोजकत्वमा सुर्य प्रसाद पाठक र टेक बहादुर राना सदस्य रहेको ३ सदस्यीय तदर्थ कमिटी बनाइएको छ । 
छलफललाई सम्बोधन गर्दै कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले देवदहका ऐतिहासिक पुरातात्विक बुद्धकालिन क्षेत्रहरुको संरक्षणमा स्थानीयहरुको समेत सहभागिता र बौद्धमय गतिविधिका लागि स्थानीयहरुसँग सहकार्य गर्न लागिएको बताए ।

उक्त अवसरमा भवानीपुर र कन्यामाईमा बिशेष सरसफाई कार्यक्रम सञ्चालन गर्ने, हरेक पूर्णिमालाई बिशेष अवसरको रुपमा मनाउनको लागि बृहत् भेलाबाट योजना बनाउने निर्णय भएको छ । यसैगरी देवदह र रामग्रामबाट संचालित बिद्युतिय बसको सेवा प्रवाहलाई प्रभाकारी बनाउन स्थानिय टोल बिकास सस्था सम्म सुचना पु¥याउने निर्णय भएको कोषका देवदह कार्यालय प्रमुख दामोदर सापकोटाले जानकारी दिए । छलफलमा देवदहमा क्रियाशिल बुद्धसँग सम्बन्धित ९ वटा संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।