ताजा अपडेट »

अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचार गरियो : मन्त्री सिंह

शनिबार, १२ माघ २०८१, १५ : २४
42 Shares
शनिबार, १२ माघ २०८१
42 Shares

काठमाडौं । उपप्रधान तथा सहरी बिकासमन्त्री प्रकाशमान सिंहले सरकारले विधेयकहरुलाई कानूनमा परिणत गर्ने र बाँकी रहेका कामहरुलाई जोड दिएर अगाडि बढाउने पक्षमा लागि रहेको बताएका छन् । बुद्धनगर टोल सुधार समितिको २२औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले व्यवस्था परिवर्तन भएपनि अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचारहरु भइरहेको भन्दै सरकारले धेरै परिवर्तनहरु गरेको बताए । 

उनले भने, ‘अहिले जुन सरकार बनेको छ । यो सरकारले खास गरेर विधेयकहरुलाई कानूनमा परिणत गर्ने कामदेखि सबै बाँकी कामहरुलाई जोड दिएर अगाडि बढेको छ । ०४६ सालपछि परिवर्तन आइसकेपछि कतिको फरक भएको छ भन्ने कुरा सबैले देखेका छौ । तर अहिले आएर व्यवस्था परिवर्तन भयो तर अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचार भएको छ । यसमा बुझ्नु पर्ने कुरा के हो भने पहिला र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको छ ।’ यसका साथै, उनले सही र गलतको फरक गर्ने कुरामा संवेदनशील भएर सोच्नुपर्ने भन्दै अस्वस्थ्य प्रतिस्पर्धाको पछि लाग्ने हो भने देशले सही दिशा नपाउने बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।