ताजा अपडेट »

नेपाल प्रहरीमा १८ एसएसपीको सरुवा: भैरहवा विमानस्थलमा आए रेग्मी

शनिबार, १२ माघ २०८१, ०२ : २०
106 Shares
शनिबार, १२ माघ २०८१
106 Shares

काठमाडाैं । नेपाल प्रहरीका १८ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। गृह मन्त्रालयले शुक्रबार बेलुका एसएसपी सरुवाको निर्णय गरेको हो। गृहमन्त्रीस्तरीय निर्णयसँगै जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पनि परिवर्तन गरिएको छ। 

काठमाडौँ प्रहरी परिसरको प्रमुखमा विश्व अधिकारी र अपराध अनुसन्धानमा रमेशकुमार बस्नेतलाई जिम्मेवारी दिइएको छ। अधिकारी प्रहरी महानिरीक्षकको सचिवालयमा र बस्नेत भैरहवा विमानस्थलमा कार्यरत थिए।  यसअघिका काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरे ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईलाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय महाशाखामा सरुवा गरिएको छ। भैरहवा विमानस्थलमा भने दिपक रेग्मी लाई जिम्मेवारी ताेकीएकाे छ । रेग्मी  प्देश प्हरी कार्यालय पाेखरामा कार्यरत थिए ।

यसअघि काज सरुवा गरिएका एसएसपीहरूको पनि सरुवा कायम गरिएको छ। 

हेर्नुहोस् पूरा सूची:

ssp_4woavEqswNssp1_YoqM2lJwfy2ssp2_PVBvNMoUSM3ssp2_PVBvNMoUSM3

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।