काठमाडौं । चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर शुक्रबार सार्वजनिक गरीएको छ। यस पोस्टरले चलचित्रका नयाँ क्यारेक्टरलाई रिविल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ। पाेष्टर सार्वजनिक भएसंगै चलिचत्र प्रति दर्शकहरूका्े चासाे समेत बढाएकाे छ ।
पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाल तथा सिताराम कट्टेललाई देखाइएको छ। विशेष रूपमा पोस्टरमा देखिएका अभिनेता सीताराम कट्टेल (धुर्मुस)को गेटअप अहिले सर्वत्र चर्चामा छ।
नेताको भूमिकामा जस्रताे देखिएका कट्टेललाई कुर्ता-पैजामा र हाफकोटमा देखाइएको छ। उनी हात उठाएर अभिवादन समेत गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत समेत गर्दछ । उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद अफताव आलमलाई झल्काएको अनुमान गरिएको छ। साथै, पोस्टरमा देखिएका स्थानीयहरूको दृश्यले चलचित्रमा गहिरो कथावस्तु रहेकाे भान गराउछ ।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो। यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री’ले गरेका हुन्। चलचित्रमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायतका प्रमुख कलाकारहरू रहेका छन ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।
‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुदै छ।
प्रतिक्रिया