ताजा अपडेट »

रविको थुनछेक बहस आज पनि सकिएन, आइतबार रुपन्देही अदालतमा उपस्थित हुने

शुक्रबार, ११ माघ २०८१, १७ : २५
66 Shares
शुक्रबार, ११ माघ २०८१
66 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट जारी बहस नसकिएपछि आइतबारका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए ।

शुक्रबारको बहसमा जाहेरीवालाका तर्फबाट २ जना र प्रतिवादी लामिछानेको तर्फबाट २ जना वकिलले बहस गरेका छन् । बहस जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा जारी छ ।

जिल्ला अदालत रूपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले शुक्रबार ४ जनाले मात्र बहस गरेको र बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर प्रतिवादीलाई परिवारको जिम्मा लगाउने आदेश भएको बताए । 

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको थियो भने बिहीबारबाट थुनछेक बहस भइरहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।