ताजा अपडेट »

यशोदा फूड्सको ग्लोबल कार्यकारी निर्देशकमा शाह नियुक्त

शुक्रबार, ११ माघ २०८१, १४ : ४४
894 Shares
शुक्रबार, ११ माघ २०८१
894 Shares

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको वाईवाईमा २४ वर्ष काम गरेका जीपी शाह करेन्ट लगायतका विभिन्न ब्रान्डका चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सको ग्लोबल कार्यकारी निर्देशकका रुपमा भित्रिएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेपालको खाद्य बजारकै अग्रणी तथा अन्तर्राष्ट्रिय बजारमा समेत बलियो बजार हिस्सा ओगट्न सफल कम्पनी भएको दाबी गरिएको यशोदा फूड्स प्रालिले आफ्ना नयाँ ग्लोबल कार्यकारी निर्देशकका रूपमा जीपी शाहलाई नियुक्त गरेको घोषणा गरेको हो ।

यशोदा फूड्सले अन्तर्राष्ट्रिय बजारमा वार्षिक टर्नओभर एकसय करोड भन्दा माथि भएको भारत, क्यानाडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, यूके, ईटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भूटान, हङकङ, कतार, सिंगापूर, न्यूजिल्यान्ड लगायत १५ भन्दा बढी देशमा आफ्ना उत्पादन निर्यात गर्ने गरेको जानकारी दिएको छ । 

ग्लोबल कार्यकारी निर्देशकको पदमा शाहको नियुक्तिसंगै यशोदा फूड्सको नयाँ र उत्साहजनक अध्यायको सुरुवात भएको कम्पनीको भनाइ छ । शाहको आफ्नो दीर्घ अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्नेमा कम्पनीको विश्वास रहेको छ । 

साथै ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा उनले नवीनतम योजनाहरूको नेतृत्व गर्दै, घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति अझ मजबुत बनाउने अपेक्षा कम्पनीको रहेको छ ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।