ताजा अपडेट »
अदालतकाे अवहेलना

अदालतकाे अवहेलनामा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी विरूद्ध सबाेच्चमा मुद्दा

आइतबार प्रारम्भिक सुनुवाइ हुने

शुक्रबार, ११ माघ २०८१, १४ : २८
136 Shares
शुक्रबार, ११ माघ २०८१
136 Shares

काठमाडाैँ । सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिने न्यायाधीशको सावर्जनिकआलोचना गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना अभियोगमा सर्वोच्च अदालतमा मुद्दा परेको छ।
अदालतको अवहेलनामा हदैसम्म कारबाही माग गर्दै दिलबहादुर राईले शुक्रबार सर्वोच्च अदालतमा निवेदन दिएका हुन्। सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राई र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले रविलाई धरौटीमा छाड्ने आदेश दिएपछि त्रिपाठीले उनीहरूमा कार्यक्षमताको अभाव देखिएको भनी सावर्जिनक टिप्पणी गरेका थिए।

त्रिपाठीले टेलिभिजन अन्तर्वार्तामा अदालत र न्यायाधीशको अपमान हुने गरी अभिव्यक्ति दिएका थिए । निवेदनमाथि आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भन्दै तारेक तोकिएको छ ।

जसविरुद्ध बहालवाला न्यायाधीशहरूले पनि बिहीबार मात्रै संयुक्त विज्ञप्ति जारी गरी आपत्ति प्रकट जनाएका थिए।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।