ताजा अपडेट »

१४ देशका कलाकारको संलग्नतामा ‘नेपाल आर्ट एक्स्पो’ सुरु

शुक्रबार, ११ माघ २०८१, १२ : २८
12 Shares
शुक्रबार, ११ माघ २०८१
12 Shares

काठमाडौं । यहाँ १४ देशका एक सय १९ जना कलाकारले बनाएका कला सिर्जना समावेश गरी बिहीबारदेखि ‘नेपाल आर्ट एक्स्पो’ सुरु भएको छ । 

नेपाल कला परिषद् बबरमहलमा आयोजित एक्स्पोका माध्यमबाट विभिन्न देशबीचको कला, संस्कृति आदानप्रदान हुने र कलाकारले सिक्ने अवसर पाउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए । एक्स्पो आगामी चार दिनसम्म जारी रहने छ ।
 
एनएसजी इन्टरनेसनल आर्टिस्ट ग्रुपले आयोजना गरेको एक्स्पोमा ७० जना नेपाली कलाकार छन् । एक्स्पोमा बङ्गलादेश, भारत, फ्रान्स, बेलायत, मलेसिया, इन्डोनेसिया, मेक्सिको, अर्जेन्टिना, उज्वेकिस्तान, पोल्याण्ड, चेक गणतन्त्र, टर्की र अस्ट्रियाका कलाकार र उनीहरूका कलाकृति समावेश छन् ।

एक्स्पोअन्तर्गत आज परम्परागत नेपाली चित्रकलासम्बन्धी कार्यशाला हुनेछ । अन्तर्राष्ट्रिय कलाबारे जान्न कार्यशाला नेपाली कलाकारका उपयोगी हुने विश्वास एक्स्पोका नेपाल प्रतिनिधि सुष्मा श्रेष्ठले व्यक्त गरेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।