बुटवल । जलवायु न्यायका लागि नीतिगत प्रवन्ध गर्न सामाजिक परिवर्तन केन्द्रले रुपन्देहीको शुद्धोधन गाउँपालिकालाई सुझाव दिएको छ । स्थानीय लचिलोपन सुदृढ गर्न र समुदायलाई सशक्त बनाउन जलवायु न्याय आवश्यक रहेको भन्दै केन्द्रले पालिकालाई सुझाव दिएको हो ।
कृषि संवेदनशीलता , पानीको कमी , प्राकृतिक प्रकोप र जलवायु प्रेरित आप्रवासन , स्वास्थ्य , लैङगीक असमानता , स्थानीय अनुकुलनताको लागि स्रोत र क्षमता अभावको अबस्था देशभरका अधिकांश पालिकामा रहेको केन्द्रले औल्याएको छ ।
स्थानीय जलवायु लक्षित योजना र अनुकुलनका रणनीतिहरु, समुदायमा आधारीत प्रारम्भीक सुचना प्रणाली, जलवायुमैत्री कृषि र पानी व्यबस्थापन ,स्थानीय हरित रोजगार र दिगो जीवनयापनलाई प्रर्बधन, महिला सशक्तिकरण र लैङगीक संवेदनशील जलवायु नीति, स्थानीय शासन र क्षमता निर्माण तथा राष्टिय तथा अन्र्तराष्ट्रिय साझेदारसँगको सहकार्य समाधानका लागि फलदायी हुने केन्द्रको सुझावमा उल्लेख गरिएको छ ।
अध्ययन तथा अनुसन्धानकर्मीहरु अनिस खत्री , बसन्त दाहाल र प्रतिक्षा गिरीले सामाजिक परिवर्तन केन्द्रका तर्फबाट विहिबार बुझाएको सुझाव पत्र ग्रहण गर्दै गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बश्यालले जलवायु परिवर्तन साझा समस्या रहेको र यसबाट शुद्धोधन पनि अछुतो नरहेको बताए ।
उनले जलवायु परिवर्तनबाट प्रभावित हुने समुदायको संरक्षण गर्नका लागि पालिकाले केहि कार्यक्रम गरेको भएपनि अवभने योजना बनाएरै काम गर्ने सोच बनाएको जानकारी दिए ।
अध्यक्ष वश्यालले जलवायु न्यायका लागि आवश्यक पर्ने नीति तथा योजना र कार्यक्रमका लागि पालिका सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया