ताजा अपडेट »

क्यालिफोर्नियामा कन्सुलर शिविर सञ्चालन

विहीबार, १० माघ २०८१, २१ : २७
18 Shares
विहीबार, १० माघ २०८१
18 Shares

क्यालिफोर्निया । नेपाली राजदूतावास वासिङटन डीसीको आयोजनामा क्यालिफोर्नियाको सान् फ्रान्सिस्कोमा कन्सुलर, राहदानी शिविर सुरु भएको छ । नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया ९नान्स० र गैरआवासीय नेपालीस संघ क्यालिफोर्निया च्याप्टरको सहयोगमा यो ५ दिने शिविर सञ्चालन भएको हो ।

५ दिने शिविरमा ७ सय जनाको आवेदन लिएर काम सुरु गरिएको दूतावासका कार्यबाहक राजदूत एवं नियोगउपप्रमुख  शरदराज आरनले जानकारी दिए । ‘दूतावासमा पुग्न लाग्ने समय र खर्चका हिसाबले शिविरबाट धेरै नै लाभ हुने देखियो र यो काम गरेर ठीक गरियो भन्ने लागेको छ,’ आरनले संक्षिप्त उद्घाटनका क्रममा भने । घरदैलोमा सेवा दिने सरकारको प्राथमिकतालाई अनुशरण गर्दै शिविर सञ्चालन गरिएको उनको भनाइ थियो ।

त्यस्तै, क्यालिफोर्नियाका अवैतनिक महावाणिज्य दूत ऋषि ढकालले बे एरियामा धेरै नेपालीको बसोबास छ भनेर नै दूतावासले शिविर सञ्चालन गरेको जानकारी दिए । स्थानीय आयोजक संस्था नान्सका अध्यक्ष प्रितेश कार्कीले ५ दिनमा आवश्यक परेका सबैले सेवा पाउन नसक्ने उल्लेख गर्दै समय थप्न आग्रह गरे । त्यस्तै, अर्का आयोजक एनआरएनए क्यालिफोर्नियाका अध्यक्ष हरी ओझाले दूतावास र स्थानीय स्वयं सेवकको प्रयासका लागि आभार प्रकट गरे । सो शिविरमा राहदानीका साथै वारेसनामालगायतको सेवा पनि उपलब्ध भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।