ताजा अपडेट »

बुटवलको पशु बधशालामा जान मासु व्यवसायी तयार, २५ बुँदे सहमति

विहीबार, १० माघ २०८१, १९ : २२
140 Shares
विहीबार, १० माघ २०८१
140 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाको संयुक्त लगानीमा बुटवल–१० रामनगरमा निर्माण भएको पशु बधशालामा जान मासु व्यवसायी तयार भएका छन् । पशु बधशाला सञ्चालन भएदेखि आफुहरुले टेन्डर नपाएको भन्दै बधशाला नजाने घोषणा गरेका बुटवलका मासु व्यवसायीहरुले विहिबार २५ बुँदे सम्झौता गरी अब बधशाला जान तयार भएका हुन् । 

५ वर्षको लागि टेन्डर पाएको मुक्तिनाथ लाईभस्टक बैंकले एक वर्ष समय बिताईसकेको छ । तर आफूहरुले व्यवसायीसहित किसान, महिला उद्यमीहरुको सहभागीतामा निर्माण गरिएको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रा.लि (कम्पनी)ले यसअघि भएको सम्झौता अनुसार आफूहरुले बधशाला सञ्चालन गर्न पाउनु पर्ने भन्दै बिरोधमा रहेका थिए । 

बुटवल उपमहानगरपालिकामा एक औपचारिक कार्यक्रम आयोजना गरी पशुबधालाको मासु बिक्री गर्ने सहमतिपत्र आदान प्रदान गरिएको हो । यद्यपी यो सम्झौता गत माघ ८ गते नै भएको थियो । बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष शिव राना र मासु व्यवसायी समिति रुपन्देहीको तर्फबाट अध्यक्ष विशाल थापाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलका हरेक समस्या समाधानको लागि नगरपालिका सकारात्मक भएर लाग्ने बताए । उनले मासु व्यवसायीहरुले बधशाला जाने निर्णय गर्नु आफैमा सकारात्मक, स्वागत योग्य भएको भन्दै विगतका वर्षमा मासु व्यवसायी रुपन्देही प्रालिले मासु बध गर्ने स्वीकृत नै नलिएको कारण र टेन्डरमा सहभागी नभएको कारण टेन्डर दिन नसकिएको जानकारी दिए । उनले आगामी दिनमा प्रक्रियाबाट आउने जो कोहीलाई पनि नगरपालिकाले स्वागत गर्ने भन्दै उनले समस्या समाधानको लागि सबैसँग हातेमालो गर्ने समेत जनाएका थिए ।

बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बधशाला बुटवलबासी र लुम्बिनी प्रदेशको लागि आवश्यकता रहेको भन्दै उनले बुटवलमा बध गरेको मासु विदेश समेत पठाउन सकिने गरि योजनना ल्याईएको बताईन् । स्वास्थको दृष्टिकोणबाट बधशालामा बध गरिएको मासु खानुपर्ने, स्वाथ्यका दृष्टिकोणबाट समेत राम्रो भएको बताईन् । 

मासु व्यवसायी संघ नेपाल रुपन्देहीका अध्यक्ष विशाल थापाले सम्झौता उल्लेख गरिएको बुँदा पूर्णरुपमा पालन गर्नको लागि दुवै पक्ष सचेत हुनुपर्ने बताए । 

sahamati

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।