बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका तामनगरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते पुरुषको उपचारको क्रममा विहिबार ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवल–१२ तामनगरमा पैदलयात्री ६५ वर्षीय दुर्गाबहादुर थापालाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
लु ९३ प ९३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते थापाको उपचारको क्रममा चौराह हस्पिटल बुटवलमा मृत्यु भएको नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया