ताजा अपडेट »

लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासमा राससको योगदान प्रशंसनीय : उपराष्ट्रपति

विहीबार, १० माघ २०८१, १७ : ००
8 Shares
विहीबार, १० माघ २०८१
8 Shares

काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस) ले सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गरी लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनताको सुसूचित हुने अधिकारलाई सुनिश्चित गर्न पुर्याएकाे योगदानको प्रशंसा गरेका छन् ।

उपराष्ट्रपति यादवले आज उपराष्ट्रपतिको कार्यालयमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झासमेतको टोलीसँगको भेटघाटका अवसरमा राससले समाचार विविधीकरणमा गरेका प्रयासहरुका बारेमा आफू जानकार रहेको र आगामी दिनमा पनि यसलाई अझ बढाउँदै लैजान सकिने धारणा व्यक्त गरे ।

भेटमा कार्यकारी अध्यक्ष झाले पछिल्लो समय राससले चौबिसै घण्टा समाचार सम्प्रेषण गर्नुको साथै विभिन्न मातृभाषामा समाचार सम्प्रेषण, श्रव्यदृश्य र विचार सेवा सञ्चालन गरी समाचारमा विविधीकरण एवं संस्थागत सुदृढीकरणमा जोड दिएको बताए । सो अवसरमा महाप्रबन्धक सिद्धराज राई र सञ्चालक समिति सदस्य एवं आलेख शाखा प्रमुख कृष्ण अधिकारी पनि सहभागी थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।