ताजा अपडेट »

थुनछेक बहस सकियो, रवी भोलि पुनः रुपन्देही अदालत उपस्थित हुने

विहीबार, १० माघ २०८१, १६ : ५०
98 Shares
विहीबार, १० माघ २०८१
98 Shares

बुटवल । रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो ।  पीडित पक्षको दुई  वकिलको बहस भने बाँकी रहेको छ ।

रुपन्देही जिल्ला अदालतका स्वास्तेदार  गोविन्द ज्ञवालीले सरकारी वकिलको बयान सकिएको बताए । उनले  पीडित र रविका तर्फबाट भोलि बहस हुने खुलाए। उनले रविलाई हिजो जस्तै परिवारको जिम्मा लगाइएको बताए ।

सरकारी  बहसमा जिल्ला  सरकारी  वकिलका प्रमुख  प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा  भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका छन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको  इजलासमा भएको बहसमा उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।