ताजा अपडेट »

कपाल झरेर हैरान हुनुहुन्छ ? यी ४ चीज कहिल्यै नखानुस्

बुधबार, ०७ फागुन २०७६, १२ : २७
20 Shares
बुधबार, ०७ फागुन २०७६
20 Shares

काठमाडौं । वंशाणुगत कारणले कपाल झर्छ भन्ने धेरै मानिसलाई लागेको हुन्छ । तर कपाल झर्नु पछाडि हाम्रो खानपान पनि जिम्मेवार रहेको हुन्छ । यस्ता केही चीज छन् जसलाई सेवन गर्दा हरेक व्यक्तिमा कलिलै उमेरमा कपाल झर्ने समस्या देखिन्छ । यदि आफ्नो कपाललाई झर्नबाट जोगाउन चाहनु हुन्छ भने निम्न ४ चीजबाट टाढै रहनुहोस्:

१. केक तथा बिस्कुट
केक तथा बिस्कुट प्रशोधित गरिएको आटाबाट बनाउने गरिन्छ । यही कारण यी चीजमा सुगर बढी र फाइबर कम हुने गर्छ । अत्याधिक सुगरका कारण तनावसँग लड्ने हाम्रो क्षमतामा पनि कमी आउँछ । र केक तथा बिस्कुट सेवन गर्ने व्यक्तिले अत्याधिक तनाव लिने संभावना बढ्छ र उनीहरूको कपाल पनि त्यही मात्रामा झर्ने गर्छ ।

२. दूधजन्य परिकार
दूधजन्य परिकार सेवन गर्दा कपाल झर्छ भन्दा तपाईंलाई विश्सास नलाग्न सक्छ । तर यो कुरा साँचो हो । हामीले बजारबाट किनेर ल्याउने दूधजन्य पदार्थलाई अति पाश्चराइजेशन गरिएको हुन्छ । यसरी पाश्चरिकृत गरिएको चीज सेवनका कारण तालुमा भएका प्वाल बन्द हुन्छन् । जसका कारण कपाल पातलो हुन्छ र झर्न शुरु गर्छ ।

३. अत्याधिक चिल्लो पदार्थ मिसाइएका खाद्यान्न
अत्याधिक बोसो वा चिल्लो पदार्थ रहेका चीज र हाइड्रोजेनेटेड तेलमा पकाइएको खानेकुरा खानु हुँदैन । मोनोस्याचुरेटेड तथा स्याचुरेटेड बोसोले टेस्टोस्टोरन र डिएचटी को मात्रा बढ्ने तथ्य विभिन्न अध्ययबाट पुष्टि भइसकेको छ । शरीरमा डिएचटी बढ्दै जाँदा कपालको वृद्धि कम हुदै जान्छ र झर्न शुरु गर्छ ।

४. चिसो पेय पदार्थ
कार्बोनेटेड पेय पदार्थमा अत्याधिक एसिड मिसाइएको हुन्छ । साथै यस्ता पदार्थमा सुगरको मात्रा पनि निकै हुने गर्छ । जसका कारण रगतमा सुगरको मात्रा बढ्दै जान्छ । सुगरको मात्रा बढेपछि कपाल झर्ने तथा तालु खुइलिने समस्या देखिन्छ ।-साझापोष्ट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।