ताजा अपडेट »

देवदहमा आजदेखि औद्योगिक व्यापार मेला

विहीबार, १० माघ २०८१, १० : १९
46 Shares
विहीबार, १० माघ २०८१
46 Shares

देवदह । रूपन्देहीको देवदहमा नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव आयोजना हुँदै छ । त

देवदह व्यापार सङ्घ रूपन्देहीको आयोजनामा माघ २२ सम्म सञ्चालन हुने महोत्सवमा कृषि उत्पादन, प्रविधि र जानकारी सम्बन्धी स्टलहरु सहभागी हुनुका साथै उद्योग व्यापारसँग सम्बन्धी उत्पादन, जानकारी सम्बन्धी स्टल समावेश गरिएको आयोजक समिति संयोजक कोष बहादुर गुरुङले जानकारी दिए । मेलामा सहभागी २५८ स्टलहरु मध्ये २५ प्रतिशत बढी स्टल स्थानीय उत्पादन र व्यवसायीहरुसँग सम्बन्धित रहेको उल्लेख गरे । महोत्सवमा लुम्बिनीको प्राचीन मायादेवी ग्रामसहितको मोडल, पकडी ब्रिक्ष आकृति, फोटो प्रदशनी, विज्ञान प्रर्दशनी,  गुरुङ र मगर समुदायको घर, सेल्फी जोन लगायतका आकर्षकहरु रहको आयोजकले जनाएको छ । छ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको महोत्सवमा १० करोड बराबरको आर्थिक कारोबार हुने आयोजकको दाबी छ । 

मेलालाई थप आकर्षक बनाउनका लागि विविध साँस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिने भएको छ । जस अन्तरगत डान्सिङ आइडल, अन्तर विद्यालय लोकगीत, लोक नृत्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता,  पन्चे बाजा प्रतियोगिता, भजन प्रतियोगिता, टिकटक प्रतियोगिता, भलिबल प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।