ताजा अपडेट »

गैरहाजिर १५ जना प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन निर्देशन

विहीबार, १० माघ २०८१, ०९ : ५७
26 Shares
विहीबार, १० माघ २०८१
26 Shares

काठमाडौं । गैर हाजिर भएका १५ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैर हाजिर भएका प्रहरी १५ जनालाई  सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।

हवलदार, सहायक हवलदार र अन्य प्रहरी जवान, प्राविधिक प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी मंसिरदेखि गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।