ताजा अपडेट »

लुम्बिनी प्रदेशमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्यो

विहीबार, १० माघ २०८१, ०८ : १५
48 Shares
विहीबार, १० माघ २०८१
48 Shares

बुटवल । लुम्बिनी प्रदेशमा लागूऔषध प्रयोगकर्ताको संख्यामा वृद्धि भएको एक तथ्याङ्कले देखाएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले पछिल्लो ६ महिनाको तथ्याङ्क सार्वजनि गर्दै गतवर्षभन्दा यो वर्ष प्रयोगकर्ताको संख्यामा वृद्धि भएको हुन सक्ने बताएको हो । 

लुम्बिनी पदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी दानबहादुर कार्कीका अनुसार लागूऔषध ओसारपसारमा संलग्नहरु प्रक्राउ पर्ने दर विग वर्षकै तुलनामा देखिएको भएपनि उनीहरुबाट बरामद गर्ने लागूओषधको परिमाण बढी देखिएकाले प्रयोग कर्ता वृद्धि भएको हुनसक्ने उल्लेख गरे । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पौष मसान्तसम्म ५०३ जना ओसारपसारमा संलग्न तथा कारोबारीलाई पक्राउ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ४२६ जना पक्राउ परेका थिए । यसरी पक्राउ पर्नेको संख्यामा त्यति धेरै फरक नदिएपनि उनीहरुबाट बरामद गरिएको लागूऔषधको मात्रा भने धेरै फरक छ । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो ६ महिनामा १९.३५ केजी गाँजा बरामद भएको छ । यो परिमाण अघिल्लो वर्षको तुलनामा दोब्बर हो । अघिल्लो वर्षको सोही अवधिमा ८.६८ केजी बरामद भएको थियो । यसैगरी चरेस ३०.५३ केजी बरामद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा चरेस बरामद भएको देखिँदैन । प्रहरीले यस वर्ष १० हजार ४२३ एप्पुल÷क्याप्सुल औषधीजन्य लागूऔषध बरामद गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसको संख्या ६२३ मात्रै रहेको थियो । यसैगरी ब्राउनसुगर ३६० ग्राम बरामद भएको छ भने अघिल्लो वर्ष १९० ग्राम बरामद भएको थियो । 

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लागूऔषध प्रयोग तथा कारोबारमा संलग्न भई पक्राउ पर्नेको संख्या बाँकेमा बढी देखिएको छ । पछिल्लो ६ महिनामा बाँकेबाट ११५ जना पक्राउ परेका छन् भने दोस्रोमा रहेको रुपन्देहीबाट ५१ जना, बर्दियाबाट ५० जना, दाङबाट ४२ जना, पश्चिम नवलपरासीबाट १९ जना, पाल्पाबाट ५ अर्घाखाँचीबाट २ तथा पश्चिम रुकुम र रोल्पाबाट १/१ जना रहेका छन् । डिआईजी कार्कीका अनुसार लागूओषध प्रयोगकर्ताको उमेर समूह सबैभन्दा बढी १५ देखि २५ वर्ष रहेको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।