काठमाडौँ । आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा सिनेमा ‘ममी’को ट्रेलर रिलिज गरिएको छ । सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की, सुलक्षण भारतीको संवादसँगै निम्तने विभिन्न घटना, भूतिया आकृतिहरूसँगको भेट र अलौकिक पात्रहरूलाई डरलाग्दो तरिकाले १ मिनेट ५७ सेकेन्ड लामो ट्रेलरमा समेटिएको छ ।
सिनेमाको मंगलबार सार्वजनिक ट्रेलरले सिनेमाको कथावस्तुको बारेमा प्रकाश पारेको छ । कालो बिरालोलाई विशेष स्थान दिइएको सिनेमाको ट्रेलरले दर्शकमाझ कौतुहलता पैदा गर्ने देखिन्छ । सिनेमामा प्रिंयका र सुलक्षणसँगै दिया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गजित विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको सिनेमामा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
सिनेमाको छायाङ्कन निशाल पौडेल र शरद महतोले संयुक्त रूपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसै गरी पार्श्व ध्वनिमा रोहित शाक्य, साउन्ड डिजाइनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्वन्द्व निर्देशन, रङ्ग संयोजनमा दीपेश चौधरी तथा सङ्गीतकारमा एसडी योगी रहेका छन् ।
सिनेमालाई काठमाडौँ उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।
प्रतिक्रिया