ताजा अपडेट »

सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गर्ने इन्ड्राइभ राइडर पक्राउ

बुधबार, ०९ माघ २०८१, २२ : २३
38 Shares
बुधबार, ०९ माघ २०८१
38 Shares

काठमाडौँ । माघ : काठमाडौँ प्रहरीले सामाजिक सञ्जालबाट यौन दुव्र्यवहार गर्ने एक युवकलाई पक्राउ गरेको छ । इन्ड्राइभ यात्राका क्रममा प्राप्त गरेको महिला यात्रीको मोबाइल नम्बरमार्फत यौन दुव्र्यवहार गर्ने चितवनको नारायणी नगरपालिका वडा नं ४ का २५ वर्षीय प्रविन बराललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिए ।

महिलाको उजुरीपश्चात् खोजतलास गर्ने क्रममा चन्द्रागिरि नगरपालिका वडा नं ४ बाट पक्राउ परेका युवकलाई आज प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा निजले यसअघि पनि इन्ड्राइभ सिटी टु सिटी सर्भिसका लागि विभिन्न मानिससँग अग्रिम रकम लिइ सम्पर्कविहीन हुने गरेकोसमेत खुल्न आएको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

काठमाडौँ प्रहरी प्रवक्तामा प्रनाउ चन्द
जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दलाई दिइएको छ । काठमाडौँ परिसरका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त रजौरेले कार्यालयद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चारमाध्यममा सम्प्रेषण गर्न प्रनाउ चन्दलाई प्रवक्ता तोकिएको जानकारी दिएका छन ।
–––

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।