ताजा अपडेट »

पुल भाचिनेगरी ओभर लोड गुड्न दिनेलाई कारबाहीको दायरामा ल्याएका छौं : डिआईजी केसी

बुधबार, ०९ माघ २०८१, १९ : ४९
124 Shares
बुधबार, ०९ माघ २०८१
124 Shares

बुटवल । लुम्बिनी प्रदेशका प्रहरी नायव महानिरिक्षक दान बहादुर कार्कीले गत पुस २६ गते पूर्वी नवलपरासीको बुटवल नारायण गढ सडक खण्डको पुल भासिने गरी ओभरलोड वोकेको भारतीय सवारी साधनलाई नेपालमा गुड्नका लागि अनुमती दिनेलाई कारवाहीको दायरामा ल्याइएको बताएका छन् ।  नवलपरासीको वेनीपुरखोलाको पुल भारतीय ओभरलोड वोकेको सवारी साधनले गर्दा भासिएको भनि सर्वत्र आलोचना भएसँगै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भन्सार, यातायात, प्रहरीका तीनै तहका कर्मचारीलाई कारवाहीको दायरामा लिएको बुधवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

ओभर लोड नियन्त्रण गर्ने पहिलो कार्यालय भन्सार, दोस्रो कार्यालय यातयात व्यवस्था कार्यालय जिम्मेवार हुनु पर्ने भन्दैै डीआइजी कार्कीले प्रहरी पनि सो विषयबाट अलग भने रहन नसक्ने भएकाले भन्सार विन्दुमा ओभरलोड नियन्त्रणका लागि कडा निर्देशन भएको समेत बताए । डीआइजी कार्कीले गत आर्थिक वर्षको पहिलो ६ महिना र यो आर्थिक वर्षको पहिलो छ महिनामा प्रदेशमा प्रहरीले गरेका र गर्न नसकेका विषयमा तुलनात्मक रुपमा विश्लेषण गरेका थिए ।

योवर्षको पुस महिनामा भए गरेका कामहरुको पनि पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । प्रदेशलाई नमूना प्रदेशका रुपमा स्थापित गर्न डीआईजी कार्कीले नागरिक सुनवाई, ग्रामीण भेटघाट, ग्रामीण गस्ती, ग्रामीण गस्ती गाईड, प्रहरी प्रतिरक्षा, दूर्घटना न्यूनिकरणका लागि टाईम काड लगायतका आधुनिक प्रविधलाई आत्मसाथ गर्ने गरी कार्ययोजना बनाएर काम अगाडि बढाएको समेत बताए  ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।