बुटवल। रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको बयान सकिएको छ । न्यायाधीश प्रह्लाद कुमार योगीको इजालसमा लिइएको बयान सकिएको हो ।
सो मुद्दा बिहान अदालतले गरेको गोलाप्रर्थामा ५ नम्बर इजलासमा परेको थियो । जिल्ला अदालत रुपन्देही सूचना अधिकार अनन्त मरासिनीले बयान सकिएको बताए । उनले थुनछेक बहस भोलि हुने समेत जानकारी दिए ।
जिल्ला अदालत रुपन्देहीमा रविसहित २२ जनाविरुद्ध मुद्दामा परेको थियो । नारायणबहादुर पहारी सहितका सहकारी पीडितले दिएको जाहेरीका अधारमा आज रवि अदालत हाजिर भएका हुन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी यहाँ आएका हुन्।
प्रतिक्रिया