ताजा अपडेट »

लायन्स क्लब अफ बुटवल तिलोत्तमाको २५ औं चाटर नाइट सम्पन्न

बुधबार, ०९ माघ २०८१, १४ : ३४
18 Shares
बुधबार, ०९ माघ २०८१
18 Shares

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमाको मँगलबार २५ औं चाटरनाइट सम्पन्न भएको छ । सो अवसरमा बोल्दै डिष्ट्रिक गभर्नर पुरुषेत्तमभक्त प्रधानाङ्गले मानवीय सेवाका लागि सञ्चार गरिने सबे क्रियाकलापलाई आत्मैदेखि खुसी भएर गर्न सदस्यहरुलाई आग्रह गरे । 

सामाजिक कार्य अन्तरगत लायन्स क्लबले नेपालमा विभिन्न अभियान सफलतापूर्वक सम्पन्न गरेको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा लगानी र सामाजिक अभियानलाई थप बिस्तार गर्नुपर्नेमा जोड दिए । विगतमा सर्वाभाइबल क्यानरविरुछ सञ्चालन गरिएको अभियान बारे चर्चा गर्दै उनले अब ब्रेस्ट क्यान्सरका विरुद्ध गाउँ–गाउँमा अभियान लैजानेगरी कार्योजना तयार गर्न आग्रह गरे । क्लबका संस्थापक अध्यक्ष तथा नेपाल परिवार नियोजन संघका निवर्तमान केन्द्रीय अध्यक्ष हिमाल कसजुले विगतमा सामाजिक अभियानमा जोडिने शैली र हालको अवस्था परिवर्तन भएको बताउँदै स्वरुप परिवर्तन गरेर अघि बढ्न आग्रह गरे । 

फेरीको जीवनशैलीसँगै प्रविधिको क्षेत्रबाट, भौतिक उपस्थितीबाट, आर्थिक उपस्थितीबाट वा फरक–फरक ढँगले कुनै न कुनै रुपमा मानवीय सेवा र सामाजिक अभियानमा जोडिन सदस्यहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै लायन्स क्लब ३२५ पी का प्रथम उपाध्यक्ष बालाराम भट्टराईले लायन्स क्लबमा सदस्यहरुको आवद्धतालाई वृद्धि गर्दै लैजाने अभियानमा जोडिन आह्वान गरे । क्लबको २५ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्तव अन्तरगत बुटवलको अनाथाश्रम तथा रुपन्देही सैनामैनास्थित बोलबम धामका लागि न्यानो कपडा वितरण गरिएको थियो । यसैगरी संस्थापक अध्यक्ष तथा सदस्यहरुलाई सम्मान गर्नुका साथै क्लबका विगत १० वर्ष, १० वर्ष तथा २० वर्षदेखि आवद्धता रहेकाहरुलाई पीन वितरण गरिएको थियो । 

कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै क्लबका प्रथम उपाध्यक्ष चिरञ्जीवी श्रेष्ठले सबैलाई सामाजिक अभियान र मानवीय सेवामा जोडिन आह्वान गरे । लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेवी अध्यक्ष तारा श्रेष्ठले शुभकामना व्यक्त गरिन् । क्लबका सचिव कासिराज ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता उपेन्द्रमान श्रेष्ठले गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।