उदयपुर । त्रियुगा नगरपालिकाले नगरभित्रका गरिब तथा विपन्न परिवारका लागि ८० घर तथा आवास गृह निर्माण गरेको छ । त्रियुगा–२ खैजनपुर, वडा नं ३ को मोतिगडा, वडा नं ४ को बगाहा, वडा नं ५ को देउरी र जलजले, वडा नं ७ को चुहाडेसहितका स्थानमा विपन्न परिवारका लागि ८० घर निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख वसन्तकुमार बस्नेतका अनुसार तत्कालका लागि ८० घर तथा आवास भवन निर्माण सम्पन्न गरिसकिएको र बाँकी पनि निर्माणकार्य धमाधम भइरहेका छन् । करीब एक भवन बराबर रु पाँच लाख मूल्यको लागानीमा स्थानीय बाँस प्रयोग गरेर ‘केमिकल’ प्रयोग गरी भूकम्प प्रतिरोधात्मकसहितका भवन तथा आवस गृह निर्माण गरिएको प्रमुख बस्नेतले बताए ।
नगरपालिकासँग साझेदारी संस्था ह्वाबिट्याट फर ह्युमानिटिजसँगको साझेदारीमा भवन निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । उक्त आवास गृहमा विद्युत्, व्यवस्थापन, भान्सासहितको व्यवस्थापन गरेर आवास गृह निर्माण गर्ने कार्य भइरहेको पनि नगरपालिकाले जनाएको छ ।
नगपालिकाभित्रका झण्डै २५० विपन्न परिवारका लागि तत्काल आवास व्यवस्थापनको गर्न यस्तो कार्य तीव्ररुपमा अगाडि बढाइएको नगर प्रमुख बस्नेतले बताए ।
प्रतिक्रिया