ताजा अपडेट »

नक्कली पेस्तोल देखाएर रकम असुल्ने व्यक्ति पक्राउ

बुधबार, ०९ माघ २०८१, १२ : ०६
26 Shares
बुधबार, ०९ माघ २०८१
26 Shares

रौतहट । नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको  छ । इशनाथ नगरपालिक वडा न ४ मठिया स्थित ईलाकामा सिमा क्षेत्रका व्यक्तिसग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई  पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा मोतीहारी ग्राम पञ्चायत रोही वडा न ४ बस्ने बर्ष २० को अब्दुल कलाम रहेको रौतहट प्रहरी निरीक्षक राम कुमार महतोले जानकारी दिए ।  उनका अनुसार नक्कली चाइनिज ९पेस्तोल० खेलौना देखाएर सिमा क्षेत्रमा हिड्डुल गर्ने व्यक्तीलाई डर त्रास देखाइ रकम माग्ने गरेको उनले बताए ।

प्रहरी चौकी मठिया महुलीयाबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक महतोले बताए ।  पक्राउ परेका कलामलाई म्याद थप  गरि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।