बुटवल । पत्रकार कपिल ज्ञवाली उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । बुटवल जेसीजको ५१ औँ पदस्थापन समारोहमा ज्ञवालीलाई ‘स्व.गणेशमान सैंजू स्मृति बुटवल जेसिज उत्कृष्ट पत्रकारिता पुरस्कार –२०२४’ प्रदान गरिएको हो ।
युवा र जेसीज अभियानमा केन्द्रित रहेर पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उनलाई पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्य, बुटवल जेसीजका अध्यक्ष बिनोद घिमिरे, छनोट समितिका संयोजक नारायण घिमिरेलगायतले दोसल्ला, सम्मानपत्रसहित सम्मान गरे ।
करिब दुइ दशकदेखि पत्रकारितामा क्रियाशील ज्ञवाली गोरखापत्र संस्थानमा रुपन्देहीको सिद्धार्थनगर समाचारदाता तथा बुद्ध सामुदायिक टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत (सिइयो) समेत हुन् ।
त्यस्तैगरी उत्कृष्ट युवा सम्मानबाट समृद्वि सलुन एण्ड ऐकेडेमी बुटवलका सञ्चालक देवदह ७ निवासी मोहन ठाकुर सम्मानित भएका छन् । पदस्थापन समारोहमा बुटवल जेसीजका अध्यक्ष बिनोद घिमिरेले नवनिर्वाचित अध्यक्ष मोहन न्यौपानेलाइ पदस्थापन गराएका थिए ।
पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्यले युवाहरुको भरोसालाइ जेसीजले कायम राख्नुपर्ने बताए । उनले समाज बदल्न युवा शक्तिको भुमिका हुने उल्लेख गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देशमै युवाहरुको भविश्य सुचिश्चि हुनेगरी कार्यक्रम ल्याउन सुझाव दिए ।
पाण्डेयले बुटवल जेसीजले नेपाल जेसीजलाई नै लिड गर्ने क्षमता राख्ने बताउँदै क्षमता प्रदर्शनकालागि नेतृत्वलाई उनले आग्रह गरे । बुटवल जेसीजका मानार्थ सदस्य बुटवल निवासी समाजसेवी गणेशमान सैजुको निधनपछि उनको स्मृतीमा छोरा अनुपमान सैंजुले बुटवल जेसीजमा उत्कृष्ट पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गरेका थिए ।
प्रतिक्रिया